जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • सांसद भट्टराईको प्रश्न– अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्ने ?

सांसद भट्टराईको प्रश्न– अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्ने ?

काठमाडौं। राष्ट्रिय सभामा नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही हुनुपर्ने बताए । उनले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्नु उचित नहुने बताए । उनले कानुन झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरू महिनौँ रोकिने लगायतका झन्झट धेरै भएकाले अध्यादेश ल्याइएको बताए ।

उनले भने ‘विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र रु मलाई त अचम्म के लाग्छ भने अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको सबैभन्दा बढ्ता विरोध गरेको छ । ल्याउनु हुँदैन थियो भन्न मिल्छ र रु सरकारले जनतालाई केही डेलिभरी दिनुपर्ने आवश्यकता देख्यो र अध्यादेश ल्यायो । हामीले सदनमा भनेका हौँ, कानुन झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरू महिनौँ रोकिने लगायतका झन्झट धेरै भयो । लगानीकर्ता आकर्षित हुन सकेनौँ भन्यौँ । त्यसको लागि सात दिनभित्र टुंगो लगाउनुपर्छ भन्दा बेठिक भयो र रु’

सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नु भन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्ने बताए ।

धेरै टिप्पणी गरिएका