‘साईली’को पोष्टरमा मेनुकाको मुस्कान

title
सोमवार, मंसिर ३, २०७५

काठमाडौं । हेमन्त रानाले गाएको बहुचर्चित गीत ‘सुन साइँली’बाट शीर्षक लिइएको चलचित्र ‘साइँली’को फस्र्टलुक सार्वजनिक भएको छ । सिनेमाको पोष्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोष्टरमा सिनेमाको प्रदर्शन मिति चैत्र १५ गते राखिएको छ । सिनेमाका लेखक तथा निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालमार्फत सिनेमाको पोष्टर सार्वजनिक गरेका हुन् । रामबावु गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानलगायतका कलाकारको मूख्य भूमिका रहेको छ ।

साइँली गीत चर्चित भएपछि गायक हेमन्त र अभिनेता गौरव पहारी मिलेर यो सिनेमा निर्माण गरेका हुन् । यही गीतबाट गौरव पहारी र नायिका मेनुका प्रधानलाई धेरैले साइँला साइँलीका नामबाट चिन्ने गर्छन् ।

गायक हेमन्त रानाको आवाजमा रहेको ‘सुन साईली’ बोलको गीतले निकै चर्चा पायो । अब चलचित्रले पनि निकै चर्चा पाउने निर्माण पक्षले जनाएको छ । सार्वजनिक पोष्टरका साईली अर्थात मेनुका प्रधान मात्र अटाएकी छिन् ।

२ वटा पोष्टर मध्य एकमा साईलीलाई गाँउकी एक युवतिको भूमिकामा देखाइएको छ जहाँ साईलीको हातमा धानको मुठो बोकेको देखाइएको छ । पोष्टरमा अन्य कलाकारहरुले भने स्पेस पाएका छैनन् । चलचित्रमा साईला अर्थात गौरभ पहाडीको जोडी मेनुका सँग बाधिएको छ ।