साउदीमा ६ वर्षदेखि बन्धक निर्मला स्वदेश फिर्ता

title
बिहिबार, अशोज २५, २०७५

काठमाडौं । ६ वर्ष पहिलेदेखि साउदीको एउटा घरमा बन्धक बनेकी निर्मला तामाङ घर फर्किएकी छन्। घरेलु कामदारको रुपमा साउदी पुगेकी सुनसरीको भरौलाकी निर्मलालाई घर मालिकले परिवारसँग सम्पर्क गर्न दिएका थिएनन्।

निर्मला त्यो घरबाट भागेर अर्कै घरमा पुगेपछि परिवारको सम्पर्कमा आएपछि उनलाई उद्दार गर्न सकिएको हो। निर्मला बेपत्ता भएको भन्दै परिवार चिन्तामा थिए।

निर्मलाले साउदीमा काम गर्दा तलब समेत पाएकी थिइनन्। उनलाई आरसिसी अल कासिमले नेपाली दूताबाससँगको समन्वयपछि गत २४ सेप्टेम्बर जन्मभूमि नेपाल फर्काउन सफल भएको साउदीबाट उरम्जान दिन मियाले जानकारी दिएका छन्।

जति काम गरेपनि पैसा नपाएपछि निर्मला ६ महिनो पहिले त्यो घरबाट भागेकी थिइन्। परिवारको सम्पर्कमा आएपनि आफन्तले आरसिसी अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारीलाई सहयोग मागेका थिए।

यो संस्थाले दूताबाससँग समन्वय गरेर सेल्टरमा पुर्याएको थियो। घरबाट उद्दार गरेर उनलाई दूताबासको सेल्टरमा एक महिना पहिले पुर्याइएको थियो। दूताबासले उनलाई हवाई टिकट र आवश्यक कागजातको व्यवस्था गरेर नेपाल फर्काएको हो।