साढे ४ अर्ब भ्रष्टाचार, कसले कति खाए

title
मङ्लबार, पुस २४, २०७५

श्रीकृष्ण सुवेदी । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै कारबाहिको सिफारिस गरिसकेको छ । प्रतिवेदन परिमार्जन सहित पारित भएपछि यो अनियमीततामा कस्ले कति रुपैंया भ्रष्टाचार ग¥यो भन्नेसम्म प्रश्न उठेको छ । संसदको सार्वजनीक लेखा समितिले दुई ओटा वाइडबडी विमान ल्याउंदा अनियमितता गरेको भन्दै ३४ जनाविरुद्ध कारबाहिको सिफारिस गरेको छ ।

यो काण्डमा बाहालवाला मन्त्री र सचिवदेखि विभागिय प्रमुखसम्म मुछिएका छन् । सार्वजनिक लेखा समितिको ठहर अनुसार ४ अर्ब ३५ करोड ५६ लाख रुपैया अनियमितता भएको छ । प्रतिवेदनमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा, महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३४ जनालाई दोषि करार गरिएको छ ।

समितिले अख्तियारलाई अनुसन्धान गरी कारबाहि गर्न दिएको निर्देशनमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई मुख्य दोषी औंल्याइएको छ । तात्कालिन सचिव अधिकारी माथि सर्त परिवर्तन गरी जहाज खरिदका लागि अनियमिततामा संलग्न रहेको आरोप लागेको छ ।

साथै, विमान खरिदका सर्तहरुबारे अध्ययन गर्न गठित समितिका संयोजक बुद्धिसागर लामिछाने, अच्युतराज पहाडी, मुक्तिराम पाण्डेलगायत पनि कारबाहिमा परेका छन् । संस्थागत विभागका निर्देशक रामहरी शर्मा, सदस्यहरु प्रभाष कर्माचार्य, बृहतमान तुलाधर, जनकराज कालाखेतीलाई पनि कारबाहि गर्नुपर्ने अधिकारीको सूचिमा राखिएको छ ।