सात घण्टादेखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा

title
शनिबार, भदौ ३०, २०७५

बाग्लुङ ।  बाग्लुङको बडिगाड खोला पहिरोले थुनिदा हजारौ घर जोखिममा परेका छन ।

ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खस्दा सबैभन्दा ठुलो बढिघाट खोला ६ घण्टादेखि अबरुद्ध भएको छ । खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको छ ।

गए राति साढे ११ बजेदेखि थुनिएको खोला अहिले ओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम टरिसकेको छैन ।
पहिरोले बाग्लुङ बुर्तिवाङ खरबाङखण्डको दुई किलोमिटर सडकको केही भाग पनि भत्काएको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर बस्न प्रशासनले आग्रह गरेको छ ।