साना किसान सम्मेलन काठमाडौंमा सुरु

title
बिहिबार, फाल्गुन १६, २०७५

काठमाडौ । ‘साना किसानको समृद्धि : कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराकासाथ साना किसान सम्मेलन बिहिवारदेखि काठमाडौंमा सुरु भएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान सहकारी संस्था लिमिटेडले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा मुलुकभरका करिब एक हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय विज्ञ, अन्वेषक, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता लगायत करिब १२ सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

दिगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्ने सम्बन्धमा सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र तथा १०औं भिडियो एवं अनुभव केन्द्रित हुने आयोजकले जनाएको छ । २०३२ साल देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब नौ सय साना किसान कृषि सहकारी संस्थाको स्थापना गरी आठ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सम्मेलन काठमाडौ घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न हुने छ ।