साफ च्याम्पियनसिपः नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

title
बिहिबार, भदौ २१, २०७५

काठमाडौं । बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप ९साफ सुजिकी कप० मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ ।

नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा रहिरहन नेपाललाई भुटानविरुद्धको खेलमा निश्चित जित आवश्यक छ । बराबरीले अर्को चरणको सम्भावना न्युन रहदा हारले भने नेपालको यात्रा फेरि समूह चरणबाटै टुंगिनेछ । नेपालले अघिल्लो साफमा पनि समूह चरण पार गर्न सकेको थिएन ।

भुटानविरुद्धको खेलमा नेपालले अहिलेसम्म हार बेहोरेको छैन । साफमा दुईपटक आमनेसामने हुदा दुवै खेलमा नेपाल विजयी हुन सफल भएको छ । नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको जितबाहेकको विकल्प नरहेको बताएका छन् ।

यता, भुटान पनि समूहमा अंकविहीन रहेकाले पहिलो जित निकाल्दै दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्ने योजनामा हुनेछ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग २–० ले पराजित भएको थियो । समूह ‘ए’ मा नेपाल र भुटान अंकविहीन हुदा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोडेका छन् ।