साफ च्याम्पियनसिपका लागि फुटबल टोली आज बंगलादेश जाँदै

title
आइतवार, भदौ १७, २०७५

सेमिमा पुग्नु नेपाली टोलीको पहिलो लक्ष्य
काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली प्रतियोगिताका लागि आइतबार बंगलादेश जाने भएको छ । दक्षिण एसियाली राष्ट्रबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगितामा यसपटक नेपाल पाकिस्तानको सामना गर्दै प्रतियोगिताको प्रारम्भ गर्नेछ ।

नेपाले पहिलो खेल आगमी बुधबार पाकिस्तानको सामना गर्नेछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको यसपटको पहिलो लक्ष्य नकआउट चरण प्रवेश नै रहेको छ । पाकिस्तानपछि भुटान र बंगलादेशसँगको नतिजा पनि नेपालको अघिल्लो चरणे यात्राको समिकरण टुंगो लाग्नेछ ।

नेपाल टोलीले इन्डोनेसियामा जारी एसियाली खेलकुद र साफ च्याम्पियनसिपको लागि तीन महिना अघिबाटै प्रशिक्षण सुरु गरेको थियो । यू–२३ टोली एसियाडमा तीन खेल गुमाएर फर्के लगत्तै प्रशिक्षणलाई निरन्तरता दिएका छन् । टिमलाई कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन सहायक प्रशिक्षक किरण श्रेष्ठ र नवीन महर्जनले प्रशिक्षण दिइरहेका छन् ।

सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ । साफमा नेपालको इतिहास सन्तोषजक छैन । सेमिफाइनल भन्दा अघि बढ्न नसकेको नेपालले पटक पटक समूह चरणबाटै बाहिरिएर स्वदेश फर्किनुपरेको विगत छ ।

हरेक दुई वर्षमा आयोजना हुने तालिका अनुसार २००१ मा पाँचौ संस्करण आयोजना हुनुपर्ने थियो । यही संस्करणबाट साफ गोल्डकपमा ८ राष्ट्रको सहभागिता रह्यो । अफगानिस्तान र भुटानले साफ गोल्डकपमा पहिलोपटक सहभागिता जनाए । पाँचौ संस्करणमा पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । समूह ‘बी’ रहेको नेपाल दुई हार र एकजितसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाट बाहिरियो ।

छैटौ साफको आयोजना फेरि पाकिस्तानमा फर्कियो । यसअघि पाकिस्तानले पहिलो साफ गोल्डकप आयोजना गरेको थियो । गोल्डकप पाकिस्तानमा २००५ डिसेम्बर ७ देखि १७ सम्म आयोजना भयो । दक्षिण एसियामा आफुलाई फुटबलको शक्तिशाली राष्ट्रको रुपमा उभ्याएको भारत यो संस्करणको च्याम्पियन बन्न सफल भयो । साफ गोल्डकपमा भारत चौथोपटक च्याम्पियन बन्न सफल भयो । यो संस्करणमा पनि नेपालले समूह चरण पार गर्न सकेन ।

तर यसपटक भने लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको हुँदा नेपाली टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए । पाकिस्तानसँगको भिडन्त पछि भदौं २१ गते भुटान र समूह चरणको अन्तिम खेलमा भदौ २३ गते बंगलादेशको सामना गर्नेछ ।