साफ च्याम्पियनसिप : बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुदैँ

title
बिहिबार, फाल्गुन ३०, २०७५

साफ महिला च्याम्पियनसिप फुटबलमा आज बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरस्थित शहिद रंगशालामा आज (बिहिवार) दिउँसो हुने खेलमा बंगालदेश र भुटान भिड्न लागेका हुन । भुटानको यो समूह चरणको अन्तिम खेल हो । यसअघि भुटानले उद्घाटन खेलमा आयोजक नेपालसँग ३ शुन्य गोल अन्तरले पराजित भएको थियो ।

आज (बिहिवार) हुने खेलमा बंगलादेशले भुटानलाई पराजित गरेमा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो हुनेछ ।

यस्तो अवस्थामा नेपाल र बंगलादेशले समान एक–एक खेल खेल्नु अघि नै सेमिफाइनलको यात्रा तय गर्नेछन । तर भुटानसँग बंगालदेश पराजित भएमा सेमिफाइनलको टुंगो अन्तिम खेलले लाग्ने छ । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछन ।