साफ च्याम्पियनसिप : माल्दिभ्सबिरुद्ध भारतको फराकिलोे जीत

title
बुधबार, फाल्गुन २९, २०७५

विराटनगर, भारतीय महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटलब प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्र्तगत बुधबार भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ६ शुन्य गोलअन्तरले हराउँदै फराकिलो जीत दर्ता गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा भारतले आक्रामक खेल खेल्दै पहिलो हाफमै पाँच शुन्यको अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा थप एक गोल गर्दै भारत एकतर्फी जीत निकाल्न सफल भयो । भारतले खेलको ७औं मिनेटमा ग्रेस दाङमेईको गोलबाट अग्रता लिएको थियो । त्यसपछि सन्धिया रंङ्गानाथले खेलको १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यस्तै २२औं मिनेटमा ईन्दिुमती काथिरसेनले र २७औं मिनेटमा सञ्जु यादवले गोल गरिन् । पहिलो हाफको ईन्जुरी समयमा रतनबाला देवीले फ्रि किकमा गोल गर्दै भारतलाई पाँच गोलको अग्रता दिलाईन् । त्यस्तै दोस्रो हाफको ८९औं मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको जीत शुनिश्चित गरिन् । यो जीतसंगै भारतले प्रतियोगितामा ३ अंक जोडेको छ । अव बिहिबार भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ । साफका पछिल्ला ४ संस्करणमा भारतीय टिम अपराजित छ । उसले लगातार १९ खेलमा पराजय भोगेको छैन ।