साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

title
आइतवार, अशोज २१, २०७५

काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु–१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ ।

समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा २–१ गोलले हारेको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल छ ।