साफ सुजुकी कपमा नेपालको अबको खेल कस्तो रहला ? यसो भन्छन् प्रशिक्षक महर्जन

इन्जुरी समयमा सम्हालिन नसक्दा अंक गुम्यो
काठमाडौं । बंगलादेशमा मंगलबारबाट शुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजित भएको छ । मोहम्मद अलीले इन्जुरी टाइममा गोल गरेपछि पाकिस्तानले नेपाललाई २–१ ले पराजित गरेको हो । पाकिस्तानका लागि इन्जुरी टाइमको पाँचौ मिनेटमा अलीले निर्णायक गोल गरेका हुन् ।
ढाकास्थित बंथबन्धु नेशनल स्टेडियममा भएको खेलको ३६ औँ मिनेटमा हसन बसिरले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि बराबरी गोल गर्न ८२ औं मिनेट कुर्नुपरेको थियो । ८२ औं मिनेटमा निराजन खड्काको पासमा विमल घर्तिमगरले नेपालका लागि बराबरी गोल गरेका थिए । निराजन नबयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान आएका थिए । तर अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजित हुन पुग्यो । पाकिस्तानका लागि मोहम्द अलिले खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गरे ।
निर्धारित समय भरि नेपालले एउटा मात्रै पहेँलो कार्ड पायो भने पाकिस्तानले २ वटा पहेँलो कार्ड पाएको थियो । नेपालले अब विहीबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको लागि डिफेण्डर सुमन अर्याले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । उपाधि जित्ने लक्ष्य सहित साफ च्याम्पियनसिप खेल्न बंगलादेश पुगेको नेपाली टोलीलाई पहिलो गासमै ढुंगा लागेको छ । अतिरिक्त समयमा नेपालली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानलाई २–१ को नजिता सुम्पिन बाध्य बनेको हो ।
यसैबीच, नेपाली राष्ट्रिय टिमका प्रशिक्षक बालगोपाल महर्जनले पाकिस्तानसँग खेल हारेपछि नचाहँदा नचाहँदै पहिलो म्याच पाकिस्तानलाई सुम्पिन बाध्य भएको बताएका छन् । उनले भने ‘फुटबलमा यस्तो हुन्छ । हामीले यसका गल्तिलाई सुधार गरेर अगाडि बढ्ने हो । आजको खेलमा जुन २ वटा चिज नगर्नु पर्ने थियो त्यो गरेर हामी पराजित भयौं । उनले डिफेन्समा सुरधारको खाँचो रहेको बताए । ‘डिफेन्समा गल्ती गरेका छौं, त्यसबाट पाठ सिक्न जरुरी छ । आज हामीले पाएका अबसरलाई पनि सदुपयोग गर्न सकेनौं । आजको खेल हार्दैमा हामी प्रतियोगितबाट बाहिरिसकेका छैनौं । अब बाँकी रहेका दुई वटै खेलमा जित निकालेर सफल हुने ठाउँ पनि छ ।’
उनले पहिलो खेलमा पराजयको समिक्षा गर्दै आगामी खेलको रणनीति बुन्ने बताए । पहिलो खेलमा पराजय भएसँगै नेपाललाई अबका खेलमाज जसरी पनि शतप्रतिशत नतिजा निकाल्नुपर्ने दबाब बढेको छ । पहिलो खेलमा १ अंक मात्र जोड्न सकेको भए पनि आगामी खेलमा सहज हुने अवस्था थियो । अन्तिम ३० सेकेण्डमात्रै सम्हालिन नसक्दा पाकिस्तान ३ अंक बटुल्न सफल भएको हो ।
यसैबीच, मंगलबार नै भएको अर्को खेलमा आयोजक बंगलादेशले विजयी शुरुवात गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ भुटानलाई २–० ले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । समूह ‘ए’मा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोड्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएका छन् । नेपाल र भुटान अंक बिहिन छन् । बिहीबार नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । ७ राष्ट्रिको सहभागिता रहेको साफ च्याम्पियनसिपको समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन
-
प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस
-
कस्तो बन्छ त रानीपोखरी ?
-
विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना
-
जोखिममा हस्पिटल
-
निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य
-
नाष्टले पेट्रोल निकाल्दै
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
-
बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित
-
नगरप्रमुख र उपप्रमुखको बिबादले फतुवा बिजयपुर नगरपालिकाको नगरसभा अन्योलमा
-
नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम
-
टेनिस डबल्सको उपाधि जापानी टोलीलाई
-
सरुवा सङ्घीय सरकारबाट गर्न माग
-
जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार
-
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
-
चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा
-
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
अख्तियार आयुक्त पाठकबाट राजीनामा
-
सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु