सामसङकाे नफुट्ने लचिलो डिस्प्ले चाँडै बजारमा

title
शुक्रबार, साउन ११, २०७५

काठमाडाैं । सामसङ आफ्नो सुपर एमोलेड डिस्प्लेका लागि चर्चित छ । अब सामसङले योभन्दा एक कदम अगाडि बन्ने योजना बुनिरहेको देखिएको छ । वास्तवमा, यसको नफुट्ने लचिलो स्क्रिन प्यानले हरियो झण्डा पाएको छ ।

सामसङ न्यूजरुम वेबसाइटलाई मान्ने हो भने नयाँ लचिलो OLED प्यानल अन्डरराइटर्स ल्याबोरेटरिजमार्फत सर्टिफाई गरिएको हो । टेस्टिङ कम्पनी OSHA (the Occupational Safety and Health Administration of the U.S. Department of Labor) का अनुसार यी OLED प्यानललाई विद्युतीय उत्पादन जस्तै अटोमोबाइल, मोबाइल मिलिट्री डिभाइस, पोर्टेबल गेम कन्सोल र ट्याब्लेट पिसिमा पनि प्रयोग गरिनेछ ।

सामसङले आफ्नो नयाँ प्यानललाई फोर्टिफाइड प्लाष्टिक विन्डोले कोट गरेको छ जसका कारण यो फुट्दैन । सामसङले परिक्षणको क्रममा यसलाई चारदेखि ६ फिटमाथिबाट खसाल्दा पनि नफुटेको दाबी गरेको छ ।

सामसङ डिस्प्ले कम्पनीका जनरल म्यानेजर होजंग किमले भने, ‘प्लाष्टिक विन्डोको कुरा गर्नुपर्दा यो एक पोर्टेबल इलेक्ट्रोनिक डिभाइसका लागि सक्षम हुन्छ । यो फुट्दैन । यो निकै हल्का र दह्रो हुन्छ । यसले एउटा ग्लासको रुपमा काम गर्छ ।’