सामाजिक न्यायसहितको बजेट आउँछ-अर्थमन्त्री

title
शुक्रबार, बैशाख २७, २०७६

काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक न्यायसहितको बजेट ल्याउने बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास र दीगो विकासका लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गर्ने बताए ।

संघीयता कार्यान्वनयमा हासिल गरेको उपलब्धिबाट शुसासन, विकास र सम्मृद्धिको दरिलो आधारशिला तयार भएको भन्दै मन्त्री खतिवडाले सोही आधारशिलाको जगमा टेकेर समाजिक न्याय एवं उच्च आर्थिक वृद्धि सहितको समाजवाद उन्मुख राष्ट्रको रुपमा अघि बढ्ने दिशामा आगामी आर्थिक बर्षको बजेट केन्द्रीत गरिने बताए ।

अर्थमन्त्री खतिवडाका अनुसार, आधारभुत मानवीय जीवनयापनका न्युनतम आवश्यकता पुरा गर्ने, खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षा लगायतका मौलिक हक कार्यान्वन गर्न बनेका कानुनहरुको कार्यान्वय गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, श्रम ऐन कार्यान्वय गर्नुका साथै सबै नागरिकलाई स्वास्थ्य विमाको दायरामा ल्याउने विषयलाई बजेटमा प्राथमिकता दिईने छ ।