सामुहिक भिडन्तमा एक जनाको मृत्यु

title
बिहिबार, कार्तिक २२, २०७५

मकवानपुर । हेटौँडा–११ नवलपुरको झोलुंगे पुलमा भएको सामुहिक भिडन्तमा एक जनाको मृत्यु भएको छ । आज दिउँसो १ बजेतिर देउसी हेर्न भनि मादक पदार्थ सेवन गरी हिडेका युवाहरुबीच झडप भएको थियो ।

झडपका क्रममा युवाहरुको कुटपिटबाट स्थानीय ४७ बर्षीय रमेश राना मगर र २५ बर्षीय रंजित श्रेष्ठ घाइते भएका थिए । घाइते मध्ये मगरको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

अर्का घाइते श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा–११ नवलपुरका २३ बर्षीय जिसु श्रेष्ठ, २९ बर्षीय सौरव अर्याल, २५ बर्षीय अमुल लामा, २४ बर्षीय अमृत लामा, २२ बर्षीय रुपेश चुनी मगर र नवलपुरमा डेरा गरी बस्ने नुवाकोटका २९ बर्षीय सुजेन लामा रहेका छन् ।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।