सामूहिक बलात्कार घटनामा तीन युवक पक्राउ

title
सोमवार, भदौ ११, २०७५

सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा एक युवती बलात्कारमा परेकी छन्। इनरुवा नगरपालिका–६ मधेशामा २४ वर्षीया युवतीलाई शनिबार राति सामूहकि बलात्कार गरिएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हलेसी चोकनजिक उनीमाथि सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन्।

उनको योनीबाट रगत बगेकाले जिल्ला अस्पताल इनरुवामा प्राथमकि उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए।बलात्कारमा संलग्न आशंकामा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।