साम्राज्ञीको स्टारडम घटेकै हो त ? अाशा पाँचाैं प्रोजेक्टको

title
आइतवार, भदौ ३१, २०७५

काठमाडौं । नेपाली चलचित्रमा डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित पछिल्ला चलचित्रले बजारमा राम्रो व्यापार गर्न नसकिरहेका बेला आगमी असोज ५ गतेबाट ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शन आउँदैछ । यस चलत्रिले उनको खस्केको स्टारडमलाई माथि उकास्ने निर्माण पक्षले दाबी गरेको छ । उनी स्वयंमले यही चलचित्रबाट सुपरहिटको ह्याट्रिक पूरा गर्ने आशा पनि राखेकी छिन् ।

त्यसो त ‘ड्रिम्स’बाट एकाएक साम्राज्ञी उदाएकी हुन् । यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भयो । ‘ड्रिम्स’बाटै ले उनको ड्रिम पूरा भयो । एकपछि अर्को गरी चलचित्रमा उनलाई अफरको ओइरो लाग्यो । अधिकांश फिल्म मेकर्सहरु उनलाई लिएर फिल्म बनाउन लालयित बने । साना हुन् वा ठूला ब्यानरमात्र नभएर अधिकांश युवा दर्शकको मन मस्तिष्कमा साम्राज्ञी बस्न सफल भइन् ।

‘ड्रिम्स’ पछि रिलिज भएको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सुपरहिट भएपछि उनले पारिश्रमिकमा पनि डिमाण्डेड हिरोइन बन्न पुगिन् । त्यसपछि प्रलर्शनमा आएको ‘तिमीसँग’ र ‘कायरा’ले भने बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेनन् । प्रदर्शन अगावै जति नै चर्चा गरिए पनि दर्शकको नजरमा यी दुई चलचित्र सफल हुन सकेनन् ।

उनको ह्याट्रिक गर्ने सपना पनि अधुरै रह्यो । औसत व्यापार गरेपछि उनको स्टारडम केही ओरालो लागेको हो कि भन्ने चर्चा पनि सिनेवृत्तमा चल्न थाल्यो । अहिले उनको पाँचौ प्रोजेक्टका रुपमा प्रदर्शनमा आउन लागेको ‘इन्टुमिन्टु लण्डनमा’ले स्टारडम उकास्नुका साथै ह्याट्रिकको आशा पनि जन्माएको छ ।

लागातार दुई फिल्म हिट भएपनि बाँकी दुई फिल्मले अपेक्षाकृत व्यापार गरेनन् । उनलाई हिट फिल्म दिन फेरि अनमोलसँगको पेयरिङ आवश्यक रहेको हो कि भन्नेहरु पनि चलचित्रबजारमा भेटिन्छन् । तर, उनी यो मान्न तयार छैनन् । उनी आफू हिट हुन कुनै नायक र निर्माताको खाँचो नभएको बताउँछिन् ।

गत मंंगलबार पोखरामा आयोजना गरिएको एक कार्यक्रममा यस्तै प्रसंग उठेको थियो । यसको जवाफमा उलने भनिन्, ‘ मलाई होइन, हिरो र निर्मातालाई चाहिँ म चाहिएको हो ।’ यो अभिव्यक्तिले उनी अहिले आलोचित समेत बन्न थालेकी छिन् । धेरैले उनको घमण्ड बोलेको भनेका छन् । जवाफ घुमाउरो शैलीमा दिएपनि उनले बुझ्ने गरि भनेकी थिइन् ‘मलाई अनमोल होइन अनमोललाई म चाहिएको हो ।’

त्यसो त कलाकार भएपछि यत्तिको आत्मविश्वास हुनुपनि पर्छ । किनकी कलाकारभएपछि हिट र फ्लप भइन्छ नै । तर निरन्तरता दिनु ठूलो कुरा हो त्यसमाथि उनी बजारमा डिमाण्डेट नै छिन् ।

चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’ले गीत संगीत र ट्रेलरका कारण रिलिज अगावै राम्रो हाइप बनाइसकेको अवस्थामा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई पनि विशेष ध्यान दिएको छ । हालै पूर्वी नेपालीको यात्रा सकेर चलचित्र निर्माण टोली पश्चिम हानिएको छ । यही बीचमा चलचित्र युनिटले चलचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरिसकेको छ । जुन पोस्टरमा नायिका साम्राज्ञी र अभिनेता धिरज मगरलाई समावेश गरिएको छ ।

जहाँ धिरजको अंगालोमा साम्राज्ञी अटेकी छिन् । यी दुई अभिनेता–अभिनेत्रीले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण पनि फिल्म प्रतिक्षित बनेको छ । रेनाशा वान्तवा राई निर्देशित चलचित्र निर्माण युनिटले पछिल्लो पटक चलचित्रका दुई अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।

पहिलो पोस्टरले साम्राज्ञी र धिरजको प्रेमभाव देखाइएको छ भने दोस्रोमा यो कपलसँगै सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणा पनि फिचर्ड छन् । ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।