किन यस्ती बनिन् साम्राज्ञी

title
शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौं । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले हेलोविन रुप सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा फोटो शेयर गर्दै उनले हेलोविन पर्व मनाएको जानकारी दिएकी हुन् । इसाइ धर्मावलम्बीहरुको एक प्रमुख चाडका रुपमा परिचित यो चाड पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ ।

उनले फेसवुकमा फोटो पोष्ट गर्दै फस्ट टाइम हेलिविन फेस्टिभल सेलिब्रेट गरेको लेखेकी छिन् । उनले आफ्नो फेसबुक मार्फत हेलोविन फेस सार्वजनिक गर्दै सेलिब्रेट गरेको जनाएकी छिन् । उनले मुखाकृतिलाई विभिन्न रुपमा सजाएर खिचिएका ७ तस्बिर सार्वजनिक गरेकी हुन् ।

अक्टोबर महिनाको अन्तिम दिन पश्चिमा मुलुकमा इसाई धर्मावलम्बीले हेलोविन पर्व मनाउने गर्छन् । जसमा फेसन र विचित्र मुहारको विशेष महत्व रहने गर्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मानिन्छ भने पछिल्लो समय यसको प्रभाव अन्यत्र समेत पर्ने गरेको छ ।