सार्वजनिक सवारीको १० प्रतिशत मूल्य बृद्धि फिर्ता लिन माग गर्दै ‘विप्लव’ नेतृत्व आन्दोलित

title
आइतवार, अशोज १४, २०७५

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले सार्वजनिक सवारीको १० प्रतिशत मूल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

अखिल क्रान्तिकारीले आज काठमाडौको प्रर्दशनीमार्गमा प्रदर्शन गर्दै सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत मूल्य बृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।

यातायात क्षेत्रमा भएको बृद्धिले समग्र उपभोग्य बस्तुको भाउ समेत बढेको र यसले जनतालाई प्रत्यक्ष मारमा पारेको उनीहरुको भनाई छ ।

तत्काल माग सम्बोधन नभए थप शसक्त आन्दोलन गर्ने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।