सार्वभौमिकता र अखण्डतामा आँच आउने गतिविधि क्षम्य हुदैन : गृहमन्त्री

title
सोमवार, फाल्गुन २७, २०७५

मिना ढकाल/रुपन्देही । गृहमन्त्री राम बहादुर थापा बादलले देशको सार्वभौमिकता र अखण्डतामा आँच आउने कुनैपनि गतिविधि क्षम्य नहुने बताउनु भएको छ ।

भैरहवामा प्रदेश नम्बर ५ को प्रादेशिक सुरक्षा बैठकमा गृहमन्त्री थापाले मुलुकको संविधान सम्मत कार्य बाहेक अन्यलाई छुट नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । बाहिर हल्ला गरेझै मधेशका बिषयमा जनमत संग्रह कुनै पनि हालतमा नहुने र संबिधानमा समेत उल्लेख नभएको उहाले स्पष्ट पार्नुभयो । सिके राउतले सहमतिलाई लिएर आफूखुशी गरेका व्याख्या केही दिनमै हराउने दाबी गर्नुभयो ।

मन्त्री थापाले बर्तमान सरकार देशमा शान्ति सुरक्षा कायम गर्न सफल रहेको समेत बताउनु भयो । प्रदेश ५ अन्तर्गतका १२ जिल्लाहरुको सुरक्षा निकायका प्रमुखहरु लगायत बैठकमा सहभागी छन् ।