सावधान ! यसरी लुट्छ सहकारीले ऋणी, महिनौं वित्दा पनि पाएनन मानवीय सहकारी पीडितले न्याय

title
बुधबार, साउन ३०, २०७५

सोझासाझा झुक्याउँदै लाखौंको सम्पत्ति झ्वाम

नाम मानवीय सहकारी तर, व्यवहार भने अमानवीय । घटना काठमाडौंको बसन्तपुरमा रहेको मानवीय सहकारी संस्था लिमिटेडबाट भएको ठगीको हो । हामीले यसअघि पनि यो विषय उजागर गरेका थियौं । तर, आफूले गलत नगर्ने बताउने सहकारीले अझैपनि पीडितलाई भने न्याय दिन सकेको छैन ।

यस्तो छ ठगीको वास्तविकता
पीडित पक्ष भनिएका टिकाराम तिवारीले, मानवीय सहकारीबाट ५ बर्ष अघि, नेटु हाउजीङको नाममा रहेको ३ कित्ता जग्गा धितोमा राखी ऋण लिएका थिए । ऋणीले सुरुमा केही किस्ता सहमति अनुसार नै बुझाए । पछी बाँकी किस्ता तिर्न सकेनन् । ऋण तिर्न नसकेपछि साँवा ब्याज जोड्दै लैजाँदा रकम पुरा भएपछि केहि महिना अघि मात्र सहकारीले धितो लिलाम गर्‍यो । यति सम्म ठिकै भयो तर, ऋणी टिकाराम तिवारीको धितो जमानि बसेको कम्पनि नेटु हाउजीङका तर्फबाट सुदिप सिंहले डिभिजन सहकारीमा नियमअनुसार, ऋण तीर्छु र धितो फिर्ता लिन्छु भन्दै निवेदन दिए । डिभिजन सहकारीले पनि मानविय सहकारीका पदाधिकारीलाई डाकेर दुई पक्ष विच सहमत गरायो र धितो फिर्ता गरिदिन भन्दै सम्बन्धित सवै पक्षलाई पत्र लेख्यो । सोही अनुरुप सुदिप सिंह तोकिएकै समयमा पैसा बुझाउन सहकारीमा पुगे ।

तर, सहकारीका पदाधिकारीले उनलाई भेटेनन् । उनले सहकारीको खातामा सम्झौता बमोजिमको ७८ लाख रकम बुझाए । सहकारीले भने जग्गा अर्कै व्यक्तिलाई बेचीसकेको रहेछ । यता ऋणीले सहकारीकै अध्यक्ष मनोज बासुकला सँग सम्झौता गरेर, पैसा बुझाएपनि जग्गा भने फिर्ता पाएनन् ।

आफ्नो आवाजको सुनुवाइ नभएपछि सवै प्रमाण बोकेर ऋणी महानगरीय प्रहरी परिसर टेकु पुगेर उजुरी दिए । प्रहरीले सहकारीका अध्यक्ष मनोज बासुकलालाई पक्रिएपनि उनलाई त्यत्तिकै छाडिएको पीडित पक्षको आरोप छ । अहिले पीडित पक्षले आफ्नो जग्गा फिर्ता नपाएपछि रकम फिर्ता लान माग गरेका छन् । तर, जिवनभर मानविय सहकारीको विरुद्ध कुनै उजुरी, निवेदन, मुद्धा वा ताकेता गर्न नपाइने प्रस्ताव राखेका छन् सहकारी अध्यक्ष मनोज बासुकलाले ।

बोल्न मानेनन सहकारी अध्यक्ष
पीडितको गुनासोपछि खोजखबर टोलीले थप वास्तविकता बुझ्न मानवीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोज बासुकलालाई सम्पर्क गर्‍यो । तर, उनि यो विषयमा केही नबोल्ने भन्दै तर्किए । यस अघि भने उनले हामीसँग नियम अनुसार नै जग्गा लिलाम गरेर बेचेको दाबी गरेका थिए । लामो समयसम्म प्रहरीले परेको उजुरी उपर कुनै न्यायिक कार्य नगरेपछि २०७५/०२/०४ गते नेटोका प्रतिनिधि सुदिपले जग्गा बिक्रि भएको ३५ दिनभित्रै मालपोतमा दाखिला खारेजी दिए तर त्यसको पनि सुनवाई भएन । त्यसपछि अति भएपछि पिडित पक्षले काठमाण्डौ जिल्ला अदालतमा मुद्धा हालेका छन् । अहिलेपनि सो मुद्धा चलिरहेको छ । तरपनि मानवियले पीडित पक्षको जग्गा हडपेरै बसेको छ ।