सिके राउतको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

title
सोमवार, मंसिर १७, २०७५

काठमाडाैँ । स्वतन्त्र मधेसको अभियान चलाइरहेका सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खारेज गर्ने अादेश गरेको हो ।

राउतको रिहाइ माग्दै जयकान्त राउतले कात्तिक १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

राज्यविरूद्धको संगठित कसुरमा लागेको भन्दै रौतहट प्रहरीले पछिल्लो पटक राउतलाई असोज २१ गते पक्राउ गरेको थियो ।