सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा दुई जना वेपत्ता, ईन्टिच्युटका सञ्चालक नियन्त्रणमा

title
शुक्रबार, साउन १८, २०७५

सन्तोष गौतम/म्याग्दी । म्याग्दीको बेनीमा शुक्रबार सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा दुई जना वेपत्ता भएका छन् ।

सदरमुकाम बेनी स्थित जिल्ला प्रहरी कार्यालय पछाडीको बहुउद्देश्यीय खेलमैदानबाट ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिकाको बगरफाँटकी ३० वर्षिया शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर वेपत्ता भएका प्रहरीले जनाएको छ । अधिकारीले छोरालाई संगै राखेर ट्याक्सी सिक्ने क्रममा खेलमैदानको डिलबाट कालीगण्डकी नदीमा खसेर वेपत्ता भएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले बताउनुभयो ।

बेपत्ता ट्याक्सी र अधिकारी आमा छोराको खोजीमा प्रहरी तथा स्थानीयबासी परिचालन भएपनि अझै नभेटिएका प्रहरी नायव उपरिक्षक बुढाले बताउनुभयो । नदीले बगाएको ट्याक्सी बेनी ड्राईभिङ ईन्टिच्युटको हो ।

ईन्टिच्युटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।