सिक्वेलबाट बाहिर निस्किँदै विकास, अर्को वर्ष ‘हजार जुनीसम्म’

title
शुक्रबार, भदौ २२, २०७५

काठमाडौं । नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढी चलचित्रको सिक्वेल बनाउने निर्माता तथा निर्देशक हुन्– विकासराज आचार्य । उनले निर्देशन गरको पछिल्लो चलचित्र ‘नाईं नभन्नू ल ५’ अहिले दोस्रो सातामा प्रदर्शनरत छ ।

यो चलचित्र नाईं नभन्नू ल’को पाँचौ सिक्वेल हो । यसको सवै सिक्वेल चलचित्रले दर्शकको साथ पाएका छन् । त्यसैले पनि उनले हरेक वर्ष एउटा गतिलो चलचित्र दर्शकमाझ पस्किँदै आएका छन् । उनले अहिले प्रदर्शनरत चलचित्रले सफलता पाएसँगै छैटौं सिक्वेल निर्माणको घोषणा समेत गरिसकेको अवस्थामा छटौं सिक्वेलभन्दा पहिले अर्को चलचित्र निर्माण गर्ने बताएका छन् ।

निर्माता तथा निर्देशक विकासले अब अर्को वर्ष दर्शकलाई छैटौं सिरिज दिने सम्भावना टरेको छ । यसअघि उनले नयाँ टाइटलमा फिल्म बनाउने भएका छन् । ‘हजार जुनी सम्म’ नाम जुराइएको फिल्मको निर्माण यसै वर्ष हुँदैछ । अहिले निर्देशक आचार्य चकलेटी हिरोको खोजीमा छन् ।

उनले फिल्मका लागि आकर्षक जीउडाल, लुक्स र अभिनय राम्रो गर्नसक्ने क्षमतावन नव–नायकको खोजीमा जुट्नुका साथै सामिप्यराज तिमल्सिनासँग स्क्रिप्टको फाइनल ड्राफमा काम गरिरहेका छन् । चलचित्र ‘हजार जुनी सम्म’ मा अभिनेत्री स्वस्तिमा खड्का लिड रोलमा हुने प्रवल देखिए पनि अहिलेसम्म कलाकारहरु भने फाइनल भइनसकेको बुझिएको छ ।

नायिका स्वस्तिमाले फिल्मको वान लाइन स्टोरी सुनिसकेकी छिन् भने काम गर्न इच्छुक पनि देखिएकी छन् । त्यसोत सफलक निर्देशकसँग काम गर्न जो पनि इन्छुक हुन्छ नै । सफल निर्देशकको चलचित्रमा काम गर्न पाउनु नयाँ तथा पुरानै कलाकारका लागि खुशीको खबर पनि हो ।

‘नाईं नभन्नू ल’का हरेक सिरिजमा निर्देशक विकासले बाल कलाकार अनुभव रेग्मीलाई छुटाएका छैनन् । यो प्रोजेक्टमा भने उनी नहुने भएका छन् । अनुभवकी आमा कविता निर्माता रहने उक्त फिल्म लभस्टोरी जनरामा निर्माण हुनेछ ।

नाई नभन्नु ल ५ मा अभिषेक नेपाललाई भित्र्याएका विकासले अब नयाँ चलचित्रमा कस्लाई स्थान दिनेहुन् ? त्यो राज केहीदिनमा खुल्नेछ । बाल प्रेमको कथालाई पर्दामा उतार्न माहिर मानिएका विकासको यो प्रोजेक्ट कस्तो बन्ने हो ? त्यो भने प्रतीक्षाको विषय बनको छ ।