सिजनमै रासायनीक मलको अभाव

title
शुक्रबार, जेष्ठ ३, २०७६

सिर्जना मिश्र

अन्तर्राष्ट्रिय बजारमा युरिया, पोटास, डीएपी जस्ता रासायनीक मलको मुल्य बृद्धि भएपछि मलखादका लागि आयातमा आधारित नेपालको कृषि क्षेत्र प्रभावित भएको छ । मूल्य बृद्धि भएसँगै विदेशबाट आयात गरिने मलखादको परिमाण समेत घट्ने भएको छ ।

जसले रसायनिक मल अभावको समस्या अझ बढी विकराल बन्ने निश्चित भएको छ । त्यसोत, अन्तर्राष्ट्रिय बजारमा रसायनीक मलको मुल्य ३० प्रतिशतसम्म बढेपछि मलखादका लागि आयातमा आधारित नेपालको कृषि क्षेत्र प्रभावित भएको छ ।

मुल्य बढ्दाको प्रत्यक्ष असर कृषकमा नपरे पनि पर्याप्त मल नपाउने समस्या भने यो बर्ष पनि दोहोरिने भएको छ । कृषि सामग्री केन्द्रका अनुसार मल आयातका लागि सरकारले छुट्याएको ६ अर्ब रुपैयाँले मागको तुलनामा अत्यन्तै कम मात्र मल आयात हुने भएपछि सरकारले थप ३ अर्ब रुपैयाँ निकासा गरेको छ ।

तर झण्डै ९ अर्ब रुपैया“बाट पनि ३ लाख हजार मेट्रिक टन भन्दा बढी रासायनीक मल आयात गर्न सक्ने अवस्था छैन । कृषि सामग्री केन्द्रका अनुसार यसअघि सरकारले निकासा गरेको ६ अर्ब रुपैया“बाट करिव २ लाख १० हजार मेट्रिक टन रसायनिक मल आयात भइसकेको छ ।

यसै साता सरकारले थप ३ अर्ब रुपैयाँ रकम बिनियोजन गरेपछि झण्डै ९५ हजार मेट्रिक टन मल आयात हुने भएको छ । त्यसका लागि साल्ट टे«डिङ र कृषि सामग्री केन्द्रले प्रक्रिया अघि बढाएका छन ।

जसमध्ये ४० हजार मेट्रिक टन मल साल्ट टे«डिङले आयात गर्ने साल्ट टे«डिङका प्रवक्ता कुमार राजभण्डारी बताउँछन् । मूल्य बृद्धि नहुँदा अघिल्लो बर्ष ६ अर्ब रुपैयाँबाटै ३ लाख २८ हजार मेट्रिक टन मल आयात गरिएको थियो ।

जुन मागको तुलनामा आधा कम हो । यस आधारमा यो बर्ष पनि मागको तुलनामा ५० प्रतिशत भन्दा कम मात्र मल कृषकहरुले पाउनेछन ।

जसको असर अहिलेबाटै देखिन थालेको किसान चिरञ्जिवि बस्नेत, बीमला पौडेल गुनासो गर्छन् । कुल जनसंख्याको ६६ प्रतिशत कृषिमा आधारीत नेपालले आफ्नै रासायनीक कारखाना सञ्चालन गर्न नसक्दा बर्षेनी मलखाद अभावको समस्या खेप्दै आएको छ ।

तर जानकारहरु भने माग र आपूर्तिको सन्तुलन मिल्ने गरी मल आयात हुन सके आफ्नै रासायनीक मल कारखाना नभए पनि फरक नपर्ने बताउँछन । माग र आपूर्तिको सन्तुलन नमिलेसम्म मलको हाहाकार कायमै रहने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता बिष्णु प्रसाद पोखरेल दावि गर्छन् ।

बहुसंख्यक जनता कृषिमा आधारित भएकाले सरकारले मलखादमा ६० प्रतिशतसम्म अनुदान दिदै आएको छ । अनुदानमा वितरण गरिएको रासायनीक मल पनि कृषकहरुले प्रति बोरा ७ सय रुपैयाँमा खरिद गर्दै आएको छन ।

तर खेतिको अवस्था अनुसार २० बोरा भन्दा बढी रासायनीक मल नपाउँदा कृषकहरु महंगोमा मल खरिद गर्न बाध्य हुँदै आएका छन । अझ सीमा नाकामा समेत मल आयातमा कडिकडाउ गरिदा कतिपय कृषकहरु चाहेर पनि मल खाद प्रयोग गर्नबाट बञ्चित हुदै आएका छन ।