
काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । एक घरको कोठाभित्र मृत फेला पर्नेमा एक महिला र दुई जना बच्चा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको उनले बताए । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको छ ।