सिनेमा हलमा आगलागी, लाखौंको क्षति

title
बुधबार, साउन २३, २०७५

रुपेश दुलाल / मकवानपुर । हेटौंडा–४ मा रहेको ओम्याक्स सिनेमा हलमा बुधबार आगलागी भएको छ ।

आगलागीका कारण हलका विद्युतीय, फर्निचर लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट हलको भवनमा पूर्ण रुपमा क्षति पुगेको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल र नेपाल आयल निगम अमलेखगञ्जको दमकलले तीन घण्टा लगाएर आगलागी नियन्त्रण गरेको थियो ।

हल संचालक नरेन्द्र महर्जन जिल्ला बाहिर रहेकाले आगलागीबाट भएको क्षतिको विवरण र कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।