सिनो हाइड्रोका कर्मचारी बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

title
शुक्रबार, चैत्र १, २०७५

दोलखा– दोलखाको बिगु गाउँपालिका–१ नयाँ रोडमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिनो हाइड्रो कम्पनीले भाडामा लिएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका– ३ घर भएका ३८ वर्षी दिनेश थापा र लमजुङ मस्र्याङदी गाउँपालिका–३ का ४४ हिराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ । बसमा २५ जना सवार थिए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिनो हाइड्रो कम्पनीले भाडामा लिएको रोल्वालिङ यातायातको बा ४ ख ४५७३ नम्बरकोे बस दुर्घटना भएको हो ।

मजदूर लिएर कार्यक्षेत्रमा जाँदै गर्दा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनास्थबाट ३० मिटर तल खसेको छ ।