सिन्धुपाल्चोकको मायाथानमा पहिरो, करिव ७० घर जोखिममा

title
शनिबार, भदौ १६, २०७५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मायाथानमा पहिरो जादा करिव ७० घर जोखिममा परेका छन् ।

अविरल बर्षापछि गएको पहिरोका कारण बाह्रविसे नगरपालिकाको वडा नम्वर ३ र ४ का भिरकुना, ओख्रिनी, चौतारी टोल, दमाईखोल्छा, काभ्रेडिल, नागेडाडा लगायतका क्षेत्रका घर जोखिममा परेका छन् ।

पहिरोका कारण १० घरमा पूर्णरुपमा क्षती पुगेको छ भने त्यहाका स्थानीय बिस्थापीत हुन बाध्य भएका छन् । पहिरोआएपछि रातघर घर बाहिर बस्नुपरेको स्थानीयको गुनासो छ ।

पहिरो क्षेत्रको निरिक्षण गर्दे नेपाली काग्रेसका नेता मोहन बस्नेतले तत्काल छिटो भन्दा छिटो स्थानीयलाई बैकल्पीक व्यवस्थाको माग गर्नुभयो ।

पहिरो कै कारण सिन्धुपाल्चोकको बाह्रविसे तातोपानी सडक खण्डको खुर्सानीबारीमा रहेको पुल पनि पूर्ण रुपमा क्षती भएको छ । पुल पूर्णरुपमा भत्कदा सवारीसाधन सञ्चालन बन्द भएको छ ।