सिन्धुलीमा बस दुर्घटना ३ जनाको मृत्यु, ४ जना घाइते

title
शुक्रबार, अशोज २६, २०७५

रामसुन्दर / काभ्रे । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा र अन्य २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सिन्धुलीको सुनकोशी गाउँपालिका ८ का २८ वर्षका रवि खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते आशिष लामाका अनुसार तिव्र गतिमा आएको मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटनामा परेको थियो ।