सिमरा गोल्डकपको क्वार्टरफाईनलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा

title
मङ्लबार, माघ ८, २०७५

जीतलाल श्रेष्ठ । बारा-बारामा जारी दशौं संस्करणको सिमरा गोल्डकपको क्वार्टरफाईनलमा अहिले थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । सिमरा रंगशालामा जारी खेलमा दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । यी दुई टोलीबीचको विजेताले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।

यसअघि हिजो नेपाल पुलिस क्लबलाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लबले सेमिफाइनल यात्रा तय गरिसकेको छ । नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहिद ट्रफी प्राप्त गर्नेछ ।