सिमामा भईरहेको अतिक्रमण रोक्न भन्दै काठमाडौमा कालो मार्चपास

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । देशभक्त जनगणतान्त्रीक मोर्चाले नेपाल भारत सिमामा भईरहेको अतिक्रमण रोक्नका लागि राज्य गम्भीर नभएको आरोप लगाउदै आज काठमाडौमा कालो मार्चपास गरेको छ ।

काठमाडौंको शान्तिवाटीकाबाट सुरु भएको कालो मार्चपास बिभिन्न स्थान हुँदै पुन शान्तिबाटीका पुगी समापन भएको थियो ।

मोर्चाले नेपालका केहि भूभाग नै नभएको नक्सा प्रयोग भईरहेको भन्दै तत्काल नेपालको पूर्ण आकारको नक्सा सार्वजनिक गरि प्रयोग गर्न पनि माग गरेको छ ।

भारतद्धारा अतिक्रमित भूमि तत्काल फिर्ता गर्नुपर्ने र वास्तविक भूभाग सहितको नेपालको नक्सा प्रयोग गर्नुपर्ने, जनजिविकाका मुद्धामा राज्य गम्भीर हुनुपर्ने भन्दै मार्चपासका सहभागीले नारा लगाएका थिए ।

त्यस्तै उनीहरुले मुलुकभर भईरहेको महिला हिंसा र हत्याको घटना नरोकिएको भन्दै राज्य गम्भीर नभएको आरोप पनि लगाएका छन् ।

मोर्चाका संयोजक सिपी गजुरेलले नेपालको वास्तविक नक्सा सार्वजनिक गर्नुपर्ने, नेपालको बिभिन्न स्थानमा भएको सिमा अतिक्रमण रोकिनुपर्ने र जनता असुरक्षित हँुदा पनि अपराधी कारवाहीको दायरामा नआएकाले मार्चपास गरिएको बताउनुभयो ।

त्यस्तै मोर्चाले करवृद्धि, गैरन्यायिक सडक विस्तार र नागरिकता बिद्ययेकको पनि विरोध गरेको छ ।