यी हुन् महिलालाई किला घोच्दै हिड्ने आक्रमणकारी

title
शुक्रबार, असार १३, २०७६

पुष्कर खतिवडा । विगत केहिदिन यता चर्चामा रहेको सिरिन्ज आक्रमणमा संलग्न एकजनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परीसर काठमाडौं र अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलिले रामेछापका ३० बर्षिय सन्तोष कार्कीलाई बिहीबार महाराजगञ्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

केहिदिन यता ६ जना महिलाले पछाडिबाट मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले धारिलो वस्तुले आक्रमण गरेको उजुरी गरेसँगै प्रहरीले अनुसन्धान शुरु गरको थियो । आरोपी सन्तोषले बाटोमा भेटिएका महिलाहरूलाई ढलान किलाले घोपी हिडेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

महाराजगंजस्थित फाष्टफुड संचालक समेत रहेका सन्तोष उपर काठमाडौं परिसर टेकुमा राखी थप अनुसन्धान भईरहेको छ ।