अनामनगर र सुकेधारामा विष्फोट : ३ को मृत्यु, ५ जना घाइते

title
आइतवार, जेष्ठ १२, २०७६

काठमाडौ । संघीय नेपालको राजधानी काठमाडौमा भएको विष्फोटमा परि मृत्यु हु्नेको संख्या तीन पुगेको छ।  अनामनगरमा बम विष्फोट हुँदा एकजनाकरुो मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। बम बनाउंँदै गर्दा  विष्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ।

यस्तै सुकेधारामा खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। सिलिण्डर पड्किदा एकको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच ५ जना घाइतेलाई उपचारका लागि ओम अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा थप एकको मृत्यु भएको छ।  अन्य घाईतेहरुको उपभार भइरहेको छ ।