सुगमदेखि स्वस्तिमासम्मले टुँडिखेल तताउँदै

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौं । आगामी शनिबार अर्थात् मंसिर २२ गते टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा आयोजना हुने भएको छ । कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ । उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।

उनीहरुसंगै २ दर्जनबढी कलाकारको उपस्थिती रहने उक्त कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुने पत्रकार सम्मेलनमार्फ आयोजकले जानकारी दिएको हो । नेपाल रग्बी एसोसियसनले आयोजना गर्न लागेको कार्यक्रममा ‘वल्र्ड रग्बीको ट्रफी’ पनि सार्वजनिक गरिनेछ ।