सुटिङ टोली आज इन्डोनेसिया जाँदै

title
बुधबार, साउन ३०, २०७५

काठमाडौं । इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा सहभागी हुन नेपाली सुटिङ टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । इन्डोनेसिया प्रस्थान गर्ने ६ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे ।

खेलाडीहरुमा सुस्मिता नेपाल, कल्पना परियार र सुसे चौधरी छन् । मुख्य प्रशिक्षकमा प्रदीप खाती र प्रशिक्षकमा सकुन्तला श्रेष्ठ छन् । टिम म्यानेजर ध्रुव बहादुर रायमाझी छन् । खेलाडीलाई बिदाई गर्दै राखेपका सदस्य सचिव केशव कुमार विष्टले एसियन गेम्समा सकेसम्म पदक जित्ने लक्ष्यका साथ खेल्न आग्रह गरे । नेपाल सुटिङ संघका अध्यक्ष पुस्प दास श्रेष्ठले तालिका अनुसार तयारी गर्ने तयारी गरिरहँदा सातदोबाटो सुटिङ रेन्ज पुनःनिर्माणका लागि भत्काइएपछि प्रशिक्षण प्रभावित बनेको बताए ।

मुख्य प्रशिक्षक प्रदीप खातीले एसियाडमा पदक जित्न गाह्रो हुने बताउँदै सकेसम्म राम्रो खेल्ने प्रयास गर्ने बताए । ‘नेपालमा विधुतीय प्रविधि नरहेका कारण हाम्रो तयारी सोचेजस्तो हुन सकेन । जित्नै कमै हाशा छ । सकेसम्म राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ मुख्य प्रशिक्षक खातीले भने, ‘मुख्य लक्ष्य ६०० स्कोर गर्ने रहेको छ । विधुतीय प्रविधि नहुँदा नेपालीहरुको लागि यो स्कोर नै राम्रो हुनेछ । खेलाडीहरुले त्यही अनुरुप तयारी गरिहेका छन् ।

युवा प्रतिभा सुस्मिता नेपालले मापदण्ड अनुसार तयारी गर्न नपाएपनि सकेसम्म राम्रो प्रदर्शन गर्ने बताईन् । ‘सातदोबाटोको सुटिङ रेन्ज पुनःनिर्माणका क्रममा रहेका कारण हामील सानो रेन्ज भएको पुलिस एकेडेमीमा प्रशिक्षण ग¥यौं । यो हाम्रो तयारीमा पर्याप्त रहेन ।’ खेलाडी नेपालले भनिन् ‘एसियाडमा डिजिटल प्रविधिमा हुने र यहाँ पेपरमा तयारी गर्दा फरक त पक्कै पनि पर्नेछ । पदको आशा झिनो छ । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं ।’

सुस्मिता एसियाको ¥याङकिङमा ३९ औं स्थानमा छिन् । उनले जापानमा भएको १६ औं एसियन एयरगन च्याम्पियनसिपमा खेल्दा ४०० एमक्युएस स्कोरमा ३९७.४ स्कोर गर्दै उच्च प्रदर्शन गरेकी थिइन् । उनीबाट नेपालले धेरै आशा गरेको छ ।