सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात

title
सोमवार, पुस २३, २०७५

बैतडी। सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ । बैतडी, बाजुरा, बझाङ लगायतका जिल्लामा भारी हिमपात भएकाे हाे ।

गएरातिदेखि हिमपात शुरु भएको हो । हिमपात भएसंगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
हिमपात भएसंगै गाईवस्तुहरुलाई पनि चरिचरनमा समस्या भएको छ ।

हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।  यो समयमा बालबालिकाहरुमा न्यूमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धि रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

यसैबीच लामोसमयको खडेरीपछि हिमपात भएकाले किसानहरु खुसी भएका छन् । हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु भने खुशी भएका छन । बाजुराको सदरमुका मातर्डलगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी मध्यपश्चिममका हुम्ला, जुम्ला, कालिकोट लगायतका जिल्लामा पनि भारी हिमपात भएको छ ।