सुदूरपश्चिम खप्तड गोल्डकपः क्वार्टरफाईनलका खेल सुरु

title
शनिबार, पुस २८, २०७५

दिपेन्द्र भट्ट । धनगढी । तेस्रो सस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आजबाट क्वार्टरफाईनलका खेल सुरु हुदैछन् । धनगढीस्थित क्षेत्रिय रंगशालामा हुने पहिलो क्वार्टरफाईनलको खेलमा मेची नेत्रालय काँकरभित्ता फुटबल सेन्टर र बिभागिय टिम सशस्त्र प्रहरी बलको एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं स्थानमा रहन सफल एपिएफले प्रतियोगितामा बाई पाएर सिधै अन्तिम ८ को यात्रा तय गरेको थियो । फिदिम गोल्डकपमा एपिएफको जुनियर टिम सहभागि भएपनि खप्तडमा गोल्डकपमा भने सिनियर टिम मैदानमा उत्रनेछ । फिदिममा क्वार्टरफाइनलबाट बाहिरिएको एपीएफ टोली खप्तड गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ ।

आजको खेलको विजेताले पुस २ गते फाइनल प्रवेशकालागि च्यासल युथ र रुस्लान थ्री स्टारबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद १० हजार प्रदान गरिएको छ ।