
सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यसअघि वर्ष २०८० को अन्तिम दिन सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार दुई सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।