‘सुनको माया’ उपहार लिएर आए शिव परियार

title
बिहिबार, अशोज २५, २०७५

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार ल्याएर आएका छन् ।

लोक रक जनराको गीत बुधबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।

सार्वजनिक ‘सुनको माया’ बोलको गीत शिव परियारको अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायकले शिवले बताएका छन् । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक स्रोताहरुले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाइ रहेको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ ।

गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ ।

गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ । विकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ । गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।