
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेर एक हजार ७९५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।