
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।