
काठमाडौं– नेपाली बजारमा आज एकै दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यता, चाँदीको मूल्यमा भने कमी आएको छ । महासंघका अनुसार आज चाँदीमा ३० रुपैयाँ घटेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।