
काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।