
काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भैइरहेको जनाएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९०० सय र तेजाबी सुन १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।