
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।