सुनमा भारी गिरावट, चाँदी तोलमा १५ रूपैयाले घट्यो

title
बिहिबार, साउन ३१, २०७५

काठमाडौं । बिहिबार सुनमा भारी गिरावट छ । सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
आज प्रतितोला ५५ हजार ६०० रुपैयाँको कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिले दिन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।