सुनसरीमा गाेली चल्याे, एक जनाकाे मृत्यु

title
बुधबार, मंसिर ५, २०७५

ध्रुव ढकाल

सुनसरी – सुनसरीको दुहबीमा इटा उघोगमा कार्यरत म्यानेजरमाथि गोली प्रहार भएको छ ।

दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी मर्निङ वाकमा रहेका उघोगका म्यानेजर ५४ बर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको हो । गाेली लागेका ब्यक्तिकाे मृत्यु भएकाे प्रहरीले वताएकाे छ ।

उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको छ । उनलाई आज बिहान ६ ३० को समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो ।

गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।