सुनसरीमा नहरमा वेपत्ता भएका २ जनाकै मृत्यु

title
मङ्लबार, साउन २२, २०७५

सुनसरी । सुनसरीको चतरा नहर स्थित झुम्का कारागार अगाडी नहरमा डुबेर एकै घरका दिदि भाईको मुत्यु भएको छ । आज दिउँसो दिउँसो १२ बजे तिर ११ बर्षकी सृजना खड्का र उनका भाई ९ बर्षका अस्विन खड्का नहरमा डुवेको स्थानियले बताएका छन् ।

खाना खाएको भाँडा माज्ने क्रममा नहरमा दिदिभाई डुबेका थिए । नहरमा डुबेका बालबालिकाको ५ घण्टा पछि नहरबाट शव बाहिर निकालिको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पानी कटान गरी शव बाहिर निकालेको हो ।

खाना खाएर भाडा माझ्न गएका ९ बर्षीय अस्विन थाल बगाए पछि थाल लिन नहरमा पसेका थिए । भाई नहरको पानीमा डुवेको देखेपछि उनकी दिदि सृजना पनि भाई लिन जाँदा नहरमा डुवेको स्थानिय मिना खातुनले बताउनुभयो ।

झुम्का नहरको डिलमा सुनसरी मोरगं सिचाई आयोजनाको जग्गामा खड्का परिवार बस्दै आएका थिए । विगत केही समय देखि बस्दै सिचाईको जग्गामा बस्दै आएको मृतकका बुवा दिनेश खड्काले बताउनुभयो । मृतक बालबालिकाकी आमा केही महिना अघि मात्रै अर्कै केटासँग विवाह गरी हिँडेकी थिईन । आमा नभए पनि बुवा र घर नजिकै रहेकी हजुर आमासँग बस्दै आएका थिए ।