सुनुवाई समितिको कार्यवाहक सभापति कर्ण भन्छन्– बुधबार प्रधानन्यायाधिशको टुंगो लाग्छ

title
मङ्लबार, साउन १५, २०७५

काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे बुधबार समितिले सर्वसम्मतीले निर्णय गर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौमा भएको कार्यक्रममा बोल्दै राजपा नेपालका शीर्ष नेता समेत रहेका कर्णले प्रस्तावित प्रधानन्यायाधीशको नाम सर्वसम्मतीमा नै टुँगो लगाउने भनेर नै बैठकको मिति सारेको जानकारी दिनुभयो । कर्णले आफूहरुले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई बडो आदरपूर्वक, सम्मानित र मर्या्दित प्रश्नमात्रै सोधेको बताउनुभयो ।

समितिमा रहेका सदस्यहरुको आ–आफ्नै राजनीतिक आस्था र विचार भएपनि आफूहरुले सर्वसम्मतीमै निर्णय गर्ने कोशिस गरिरहेको उहाले बताउनुभयो । बाहिर आरोप लगाईएजस्तो संसदीय सुुनुवाई प्रक्रियामा आफूहरुले कुनै किसिमको ढिलाई नगरेको कर्णले स्पष्ट पार्नुभयो ।

त्यस्तै संसदीय सुनुवाई समितिका सदस्य सुमनराज प्याकुरेल प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशी अहिलेको संविधानअनुसार प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दाबी गर्नुभयो ।

उहाले जोशीको जवाफ चित्तबुझ्दो नरहेको उल्लेख गर्नुभयो । साक्षात्कारमा बार एशोसियसनका अध्यक्ष शेर वहादुर केसीले संबैधानिक परिषद्बाट सिफारिस भएको व्यक्तीलाई सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाले स्वतन्त्र न्यापालीकामाथि कसैले हस्तक्षेप गर्नुनहने भन्दै यसका लागी सबै सचेत हुनुपर्ने धारणा पनि राख्नुभयो ।